logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ३० हजार नाघ्यो, ९१ हजार बढीको मृत्यु


अंकुरण खबर
897
Shares

भारतमा कोरोना संक्रमितको संख्या दैनिक तीव्र रुपमा बढीरहेको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ८९ हजार ६ सय ८८ जना नयाँ संक्रमित थपिएका छन् ।

यसरी भारतमा संक्रमितको संख्या ५७ लाख ३० हजार १ सय ८४ जना पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन कोरोना संक्रमणबाट ११ सय ५२ जनाले ज्यान गुमाएका छन् । यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ हजार १ सय ७३ पुगेको छ ।

भारतमा संक्रमित ४६ लाख ७१ हजार ८ सय ५० जना उपचारपछि निको भएका छन् भने ९ लाख ६७ हजार १ सय ६१ जना उपचाररत छन् ।