दक्षिण भारतीय तथा हिन्दी फिल्मका प्रख्यात गायक एसपी बालासुब्रमण्यमको शुक्रवार निधन भएको छ ।
बीबीसीका अनुसार ७४ वर्षीय बालासुब्रमण्यमको चेन्नईस्थित एक अस्पतालमा मृत्यु भएको हो ।
सन् १९८० को दशकदेखि गाउन थालेका सुब्रमण्यमले १९८१ मा पहिलोपटक हिन्दी फिल्म ‘एक दुजे के लिए’ मा गाएका थिए। यो गीतबाट उनले नेशनल अवार्ड जितेका थिए ।
विश्वमा सबैभन्दा बढी गीत गाएको गिनिज वर्ल्ड रेकर्ड पनि उनकै नाममा छ । उनले करिब ४० हजार गीत गाएको बताइन्छ ।