logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफूलाई बचाउन साराले सुशान्तमाथि ड्रग्स सेवनको आरोप लगाएकी हुन् ?


अंकुरण खबर
819
Shares

शनिवार दिउँसो एनसीबीले ड्रग्स प्रकरणबारे एनसीबीले अभिनेत्री सारा अली खानसँग सोधपुछ गर्‍यो । यद्यपी उनले ड्रग्स लिएको स्विकार गरिनन् ।

उनले सुशान्तले चाहिं ड्रग्स लिने गरेको बताइन् । सुशान्त सिंह राजपूतको मृत्युबारे अनुसन्धान गरिरहेको समयमा एनसीबीले अहिले ड्रग्स प्रकरणबारे पनि अनुसन्धान गरिरहेको छ ।

बलिउडका चर्चित अभिनेत्रीहरू यस प्रकरणमा मुछिएका छन् ।

शनिवार मात्रै एनसीबीले दीपिका पादुकोण, सारा अली खान, करिश्मा प्रकाश, श्रद्धा कपूरसँग सोधपुछ गरेको छ ।

सोधपुछकै क्रममा साराले एनसीबीलाई केही समयअघि सुशान्तले ड्रग्स लिने गरेको बताउँदै आफूमाथि लागेको आरोपको खण्डन गरिन् ।

अहिले सुशान्तका साथी तथा फ्यानहरू सारामाथि खनिएका छन् । युवराज सिंह सुशान्तका नजिकका साथी हुन् । उनले सुशान्तको पक्षमा बोल्दै साराको आरोपको खण्डन गरेका छन् ।

एन न्यूज पोर्टलमा अन्तर्वाता दिने क्रममा युवराज सिंहले साराको बयानमा आक्रोश व्यक्त गरे । उनले साराले आफूलाई बचाउनका निम्ति सुशान्तलाई ड्रग्स प्रकरणमा मुछेको आरोप लगाएका छन् ।

यससँगै सुशान्तका फ्यानहरूले समेत साराले आफूलाई बचाउन सुशान्तमाथि गलत आरोप लगाएको बताउन थालेका छन् । एजेन्सी