logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा


अंकुरण खबर
663
Shares

भारतमा कोरोना भाइरस संक्रमण र मृत्युदर केही घट्दो देखिएको छ ।

हिजो भारतमा ६९ जना ६ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमित हुनेको संख्या ६१ लाख ४३ हजार १९ पुगेको छ । तीमध्ये ५० लाख ९८ हजार निको भएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमित नौ लाख ४८ हजार छ । तीमध्ये नौ हजार गम्भीर विरामी छन । भारतमा मृत्युदर भने घटदो क्रममा देखिएको छ । दैनिक १ हजारको मृत्यु भैरहेकोमा हिजो ७ सय ७७ जनाको मात्रै मृत्यु भएको छ । हालसम्म कोरोनाका कारण भारतमा ९६ हजार ३ सय ५१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या ७३ लाख ६१ हजार छ । भाइरसका कारण २ लाख ९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । विश्वमा संक्रमितको संख्या तीन करोड ३५ लाख ४६ हजार नाघेको छ । हालसम्म दुई करोड ४८ लाख ७६ हजार मानिस रोगमुक्त भएका छन । मृत्यु हुनेको संख्या १० लाख ६ हजार नाघेको छ । एजेन्सी