logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ करोड ३५ लाख नाघ्यो


अंकुरण खबर
1.235K
Shares

बिश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट हालसम्म १० लाख ६ हजार ४ सय ७१ जनाको मृत्यु भईसकेको छ । संक्रमितको संख्या विश्वभर ३ करोड ३५ लाख ५७ हजार ९ सय ५९ पुगेको छ । २ करोड ४८ लाख ८२ हजार २ सय ६ जना उपचापछि निको भएर घर फर्किएका विश्वविद्यालयले जनाएको छ ।

हाल बिश्वमा सक्रिय संक्रमित ७६ लाख ६९ हजार २ सय ८२ जना छन् । विश्वभर अझैपनि ६५ हजार बढी मानिसको स्वास्थ्य अवस्था निकै जटिल रहेको जनाइएको छ । भाइरस संक्रमणका कारण अमेरिका सबैभन्दा धेरै प्रभावित छ । अमेरिकामा ७३ लाख ६१ हजार ६ सय ३३ जना संक्रमित हुँदा २ लाख ९ हजार ८ सय ८ जनाले ज्यान गुमाएका छन् ।

भारतमा हालसम्म ६१ लाख ४५ हजार २ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ९६ हजार ३ सय ५१ जनाले ज्यान गुमाएका छन् । ब्रजिलमा कोरोना संक्रमितको संख्या ४७ लाख ४८ हजार ३ सय २७ पुगेको छ भने १ लाख ४२ हजार १ सय ६१ जनाको मृत्यु भइसकेको छ । एजेन्सी