logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका उपराष्ट्रपति नायडुलाई कोरोना संक्रमण


अंकुरण खबर
1.261K
Shares

भारतका उपराष्ट्रपति बेंकैया नायडुलाई कोरोना संक्रमण देखिएको छ ।

मंगलबार गरिएको परीक्षणमा उनमा कोरोना पोजिटिभ देखिएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

हाल उनी घरमै आइसोलेसनमा बसेका छन् । उनकी श्रीमतीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

गत २४ घण्टामा भारतमा ८० हजार पाँच सयलाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या ६२ लाख २३ हजार पाँच सय नाघेको छ । कोरोनावाट भारतमा ९७ हजार ५ सय २९ जनाको मृत्यु भएको छ । एजेन्सी