logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेख नवाफ बने कुवेतका नयाँ राजा


अंकुरण खबर
1.027K
Shares

कुवेतका शेख नवाफ अल अहमद अल शबाह नयाँ राजा चयन भएका छन् ।

राजा शेख शबाह अल अहमद अल जबर अल शबाहको ९१ वर्षको उमेरमा निधन भएपछि उनी नयाँ राजा चयन भएका हुन् ।

जुलाईदेखि अमेरिकाको एक अस्पतालमा उपचार गराइरहेका शबाहको उपचारकै क्रममा निधन भएको हो । ८३ वर्षका शेख नवाफ अल–अहमद मृत्यु भएका शेखका सौतेनी भाइ हुन् ।

राजा शेख शबाहले सन् २००६ देखि कुवेतको राजगद्दी सम्हालेका थिए । सोही समयमा सौतेनी भाइ उत्तराधिकारी घोषित भएका थिए । शेख नवाफ राजा चयन भएलगत्तै आगामी हप्तादेखि कुवेतमा उनको उत्तराधिकारीको बारेमा छलफल हुनेछ ।

नयाँ राजा सामु तेल उत्पादनमा रहेको विरासतलाई कायमै राख्न चुनौती रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९८० मा उनले आफु सहित अपहरण भएको विमान र यात्रु सकुसल रिहा गराएका थिए । एजेन्सी