logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गायिका नेहा कक्कडको विहेको चर्चा, को हुन दुलाहा ?


अंकुरण खबर
2.236K
Shares

बलिउड गायिका नेहा कक्कडको विहेको चर्चा चलेको छ ।

भारतीय मिडियाले आगामी २४ अक्टुबरमा नेहाले रोहन प्रीत सिंहसँग दिल्लीमा विहे गर्न लागेको उल्लेख गरेका छन् । विहेको निमन्त्रणा समेत पठाइ सकिएको छ ।

विहेमा दुबै परिवारका आफन्त र नजिकका मित्र मात्रै सहभागी हुने उल्लेख छ ।

नेहाले रोहनसँग डेट गरेको धेरै समय भएको छैन । पहिलो भेट नेहाको गीत ‘आजा चल व्याह करवाएं, लकडाउन बीच कत्त होने खर्चे’ को सेटमा भएको थियो ।

रोहन प्रीत सिंह २०१९ मा ‘इंडियाज राइजिंग स्टार’ को तेस्रो सीजनमा प्रतियोगीका रुपमा देखिएका थिए । वेडिंग रियलिटी शो ‘मुझसे शादी करोगे’मा पनि प्रतियोगीका रुपमा थिए ।

यसअघि नेहाको नाम सिंगिंङ रियालिटी शो ‘इंडियन आइडल’ मा होस्ट आदित्य नारायणसँग जोडिएको थियो । आदित्य र नेहाको जोडीलाई खुब रुचाइएको थियो । शोमै अभिभावक बोलाएर विहे गरिदिने भन्ने नाटक पनि गरियो । तर, केही भएन ।

अहिले इण्डियन आइडलको नयाँ सीजन सुरु हुनै फेरि नेहाको विहेको चर्चा सुरु भएको छ ।