logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पद्वारा चुनाव जितेपछि मात्रै कोरोना प्रभावितलाई प्याकेज ल्याउने प्रतिक्रिया


अंकुरण खबर
1.079K
Shares

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना प्रभावितलाई राहत दिने गरी संसादमा अघि बढाउन लागिएको अध्यादेश सम्बन्धी छलफल स्थगित गरेका छन् ।

उनले ट्विट गर्दै अब यस सम्बन्धी छलफल चुनाव पछि मात्रै अघि बढने जनाएका हुन् ।

आफुले चुनाब जितेर गज्जबको राहत प्याकेज सम्बन्धी अध्यादेश पारित राष्ट्रपति ट्रम्पले प्रतिबद्धता जनाएका छन । ट्रम्पको घोषणापछि शेयर बजारमा एक प्रतिशत गिरावट आएको छ । विपक्षी डेमोक्रेटका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेनले राष्ट्रपति ट्रम्प नागरिक दायित्वबाट विमुख भएको टिप्पणी गरेका छन् ।

डेमोक्रेट सभामुख र अर्थमन्त्रीबीच बजेटसम्बन्धी वार्ता जारी छ । सभामुख न्यान्सी पेलोसीले २० खर्ब डलरको सहायता प्याकेजमा जोड दिएकी छन् । रिपब्लिकन सिनेटरहरूले त्यसको आधाभन्दा बढी रकमको प्याकेजमा समर्थन नगर्ने संकेत दिएका छन् ।

ट्रम्पले डेमोक्रेट सभामुख पेलोसीमाथि सहमतिको उचित प्रयास नगरेको आरोप लगाउँदै आफ्नो समूहलाई वार्ता अन्त्य गर्न आग्रह गरेका हुन् ।

तर पेलोसीले राष्ट्रपतिले देशभन्दा आफूलाई प्राथमिकतामा राखेको बताउँदै त्यसको प्रतिवाद गरेकी छिन् । महामारिका कारण गत अगस्टमा अमेरिकाले अन्तर्राष्ट्रिय व्यापारमा १४ वर्षयताकै किर्तिमानी घाटा व्यहोरेको छ । एजेन्सी