logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो


अंकुरण खबर
2.21K
Shares

ब्राजिलमा कोरोना संक्रमितको संख्या ५० लाख नाघेको छ । संक्रमितको सूचीमा अमेरिका र भारतपछि तेस्रो स्थानमा रहेको ब्राजिलमा हिजो एकै दिन ३१ हजार ५ सय ५३ थपिएसँगै कुल संक्रमितको संख्या ५० लाख ६ सय ९४ पुगेको हो ।

कोरोना माहामारीका कारण सबैभन्दा बढी प्रभावित साओ पाउलो राज्यमा मात्र ३६ हजारको मृत्यु भएको छ । रियो दि जेनेरियोमा संक्रमणका कारण १९ हजारको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ५० हजार नजिक छ । ४४ लाख ४१ हजार २ सय ४४ जना भने संक्रमणमुक्त भएका छन् ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोमाथि माहामारी नियन्त्रणका लागि प्रतिबन्ध लगाउन विशेषज्ञहरुले दिएको सुझाव नमानेको आरोप लागेको छ ।

विश्वभर अहिलेसम्म तीन करोड ६० लाख ६८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । १० लाख ५४ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या ७५ लाख ४६ हजार सात सय भन्दा बढी पुगेको छ । अमेरिकामा दुई लाख ११ हजार सात सय भन्दा बढीको ज्यान गएको छ । एजेन्सी