अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । इरानको अर्थतन्त्रमै प्रभाव पार्ने हिसावले अमेरिकाले अठार वटा बैंकमाथि प्रतिबन्ध लगाएको हो ।
बैंकहरुको अमेरिकामा भएको सम्पती रोक्का गर्नुका साथै अमेरिकासँग कुनै पनि किसिमको कारोबार गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो । कृषि सामाग्री, खाद्यान्न, औषधि र औषधिजन्य उपकरणसम्बन्धी कारोबार गर्नेमाथि भने कुनै प्रतिबन्ध नलगाइएको अमेरिकाले जनाएको छ ।
इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले भने कोरोना महामारीको समयमा न्युनतम आवश्यकता पुरा गर्ने तेहरानको क्षमता प्रभावित पार्न थप प्रतिबन्ध घोषणा गरिएको आरोप लगाएका छन् ।
खाद्यान्न र औषधी जुटाउने सबै माध्यमहरु बन्द गरेर अमेरिकाले मानवता विरुद्धको अपराध गरेको उनको भनाइ छ । इरानको केन्द्रीय बैंकले प्रतिबन्धलाई राजनीतिक प्रपोगाण्डाको संज्ञा दिएका छन् । एजेन्सी