logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भ्याक्सिन वितरण गर्ने विश्वव्यापी अभियानमा चीन औपचारिक रूपमा जोडियो


अंकुरण खबर
845
Shares

कोरोना भाइरसको खोप बनाउने र विभिन्न मुलुकमा २ अर्ब डोज वितरण गर्ने विश्वव्यापी अभियानमा चीन पनि औपचारिक रूपमा जोडिएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले शुक्रबार कोभ्याक्स नाम दिइएको उक्त अभियानमा आफ्नो देश पनि जोडिएको जानकारी दिइन् ।

पछिल्लो समय ठूला मुलुकहरूबीच देखिएको ‘खोप राष्ट्रवाद’ लाई छोडेर विश्वव्यापी अभियानमा जोडिने चीन सबैभन्दा ठूलो अर्थतन्त्र हो ।

‘साझा समुदायको अवधारणालाई मजबुद् बनाउन र कोभिड(१९को खोप विश्वका सबै मानिसको पहुँचमा पुर्‍याउन गरिएको प्रतिबद्धतालाई सम्मान गर्न चीनले यो महत्वपूर्ण कदम चालेको हो,’ हुवाले ट्वीटरमा लेखेकी छन् ।

सुरूमा बेइजिङले कोभ्याक्स अभियानमा जोडिन ढिला गरेको थियो । यस अभियानमा विश्व स्वास्थ्य संगठन, गाभी, द भ्याक्सिन अलाइन्स र द कोलियसन फर एपिडिमिक प्रिपेडनेस एन्ड इनोभेसन्सलगायत संस्थाहरू छन् ।