logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रातारात स्टार बनेकी रानु मण्डल काम नपाउँदा पुरानै जीवनमा फर्कन बाध्य


अंकुरण खबर
2.158K
Shares

पश्चिम बंगालको राणघाट स्टेशनमा लता मंगेशकरको गीत गाएर रातारात स्टार बनेकी थिइन् ।

उनको जीवनमा धेरै परिवर्तन आयो । सडकबाट महलमा पुगेकी रानु मण्डलले गाएका हरेक गीत भाइरल भयो ।

तर अब लाग्छ, उनको अवाजलाई मानिसहरुलदे चिन्नै छाडेका छन् । सन् २०१९ नोबेमबरमा हिमेश रेशमियासँग रानुले तीन गीत रेकर्ड गराइन् ।

योसँगै चुलिएको रानुको चर्चा अब सेलाएको छ । कोरोना भाइरस महामारीको कारण उनले मुम्बईमा कुनै काम पाएकी छैन । जसको कारण उनी बिगतको जीवनमा जान बाध्य भइरहेको भारतीय मिडियाले जनाएको छ ।

गीत हिट भएसँगै आफ्नो पुरानो घर छोडेर नयाँ घरमा गएकी रानु फेरी पुरानै घरमा फर्केकी छन् । आर्थिक संकटमा परेकी उनी कामको खोजीमा भौतारिदै गरेको भारतीय मिडियाले जनाएको छ ।