logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनले आउँदो ५ दिनमा चिङ्दाओ सहरका सबैको कोरोना परीक्षण गर्ने


अंकुरण खबर
819
Shares

चीनको चिङ्दाओ सहरले सबै नागरिकको कोरोना भाइरसको परीक्षण गर्ने भएको छ ।

झण्डै ९० लाख जनसङ्ख्या रहेको चिङ्दाओ सहरले आउँदो पाँच दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको हो ।

विदेशबाट आएर अस्पताला उपचार गराइरहेका १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चिङ्दाओ सहरले सबै नागरिकको कोरोना परीक्षण गर्ने भएको हो ।

गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ ।

तर विश्वका धेरै जसो देशमा कोरोना भाइरसको महामारी बढिरहेको छ र अझै पनि लकडाउन लगाइएको छ ।

चिनियाँ सामाजिक सञ्जाल साइट उइवोमा पोस्ट गरिएको एक विज्ञप्तिमा चिङ्दाओको नगरपालिका स्वास्थ्य आयोगले सङ्क्रमण देखिएकोमध्ये ६ नयाँ मामिला र ६ स्पर्शोन्मुख (उनीहरुको सम्पर्कमा आएकाहरु) मामिला रहेको जनाएको छ । ती सबै मामिला एउटै अस्पतालसँग जोडिएको ग्लोबल टाइम्सले भनेको छ ।

चीनमा अहिलेसम्म ८५ हजार पाँच सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । एजेन्सी