logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट अविवाहितको मृत्यु बढी हुन्छ : नयाँ अनुसन्धान


अंकुरण खबर
793
Shares

कोरोना संक्रमणबारे दैनिक जसो नयाँ नयाँ तथ्यहरु सार्वजनिक भइरहेका छन् ।

विभिन्न अध्ययन अनुसन्धानहरुले नयाँ भाइरस कोरोना बारे अध्ययन अनुसन्धान गरेर नयाँ तथ्य फेला परिरहेका छन् ।

यसैक्रममा स्विडेनका वैज्ञानिकले हालै गरेको एक अनुसन्धानले कोरोना संक्रमणबाट मृत्यु हुने जोखिम विवाहितलाई भन्दा अविवाहितलाई बढी हुने देखाएको तथ्य पत्ता लगाएका छन् ।

अनुसन्धानकर्ताका अनुसार कोरोना संक्रमण भयो भने विवाह गरेका व्यक्ति ९महिला र पुरुष० का तुलनामा नगरेकालाई मृत्युको खतरा डेढ गुणा बढी हुन्छ ।

अर्को शोधअनुसार अविवाहित व्यक्ति धेरै रोगबाट ग्रस्त हुन्छन्, जसका कारण उनीहरूको मृत्यु दर उच्च भएको दाबी गरिएको छ ।

स्विडेनको अनुसन्धानले महिलामा भन्दा पुरुषमा कोरोनाको जोखिम २ गुणा बढी हुने तथ्य पत्ता लगाएको छ । तर पुरुष विवाहित छन् भने जोखिम केही कम हुने अनुसन्धानकर्ताहरुको दाबी छ ।

अविवाहित, कम आम्दानी तथा शिक्षा भएका पुरुष कोरोना संक्रमणबाट मृत्यु हुने जोखिममा बढी हुने अनुसन्धानकर्ताको दाबी छ ।

स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका एक अनुसन्धानकर्ता स्भेन ड्रेफलका अनुसार उल्लिखित सबै कारण (पुरुष, अविवाहित, कम आम्दानी तथा शिक्षा) ले कोरोनाबाट मृत्युको जोखिम बढाउँछन् ।

यो अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित रहेको जनाइएको छ । जसले कोरोनाका कारण मृत्यु हुनेमा अविवाहित पुरुषको संख्या बढी देखाएको छ, जसको उमेर २० वर्ष वा यसभन्दा केही बढी थियो ।

नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उनले भनेका छन्, ‘अन्य देशमा भन्दा स्विडेनमा जन्मेका मानिसमा यस्तो जोखिम बढी देखिएको छ। कोरोनाबाट हुने संक्रमण तथा मृत्युको सम्बन्ध निम्न आय र शिक्षासँग पनि जोडिएको छ।’

वैज्ञानिकको दाबी अनुसार महिलाको तुलनामा पुरुषको मृत्युदर बढी हुन्छ, किनकि यिनीहरूको शारीरिक बनोट र जीवनशैली नै फरक हुन्छ। कम शिक्षा र आय भएपछि स्वास्थ्य पनि कमजोर हुन्छ। किनकि उसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान पु¥याउन सक्दैन। एजेन्सी