logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिइने


अंकुरण खबर
1.001K
Shares

दक्षिण एसियाली मुलुक बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय दिइने भएको छ ।

सरकारले अध्यादेशमार्फत बत्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।

आज मंगलबार राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै मृत्युदण्डको सजाय लागू गरिने कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूलाई बताएका छन् ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेको थियो। अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको कानुन मन्त्री हकले बताए ।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए ।

बेगमगन्जमा खिचिएको एक भिडियोमा देखिएका आक्रमणकारीहरूमध्ये एक जनाले महिलालाई बलात्कार गरेको आरोप लागेको थियो । त्यसका साथै विरोध गरे वा भनेको नमाने उनलाई सामूहिक बलात्कार गर्ने धम्की ती व्यक्तिले दिएको अनुसन्धानबाट खुलेको छ ।

यो भिडियो सार्वजनिक भएपछि ठूलो विरोध प्रदर्शन भएको थियो । चर्को जनदबाबका कारण सरकारले बाध्य भएर अध्यादेशमार्फत बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन बनाएको हो ।

अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष ५ हजार ४ सय जना बलात्कारको सिकार भएका थिए ।