logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा मृत्यु हुनेको संख्या १० लाख ९६ हजार नाघ्यो


अंकुरण खबर
793
Shares

विश्वमा पछिल्लो २४ घण्टामा थप ३ लाख ७९ हजार १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यो अवधिमा ६ हजार ६० जनाको मृत्यु भएको वर्ल्डमिर्टर्सले जनाएको छ। विश्वमा कुल संक्रमित संख्या ३ करोड ८७ लाख २७ हजार ९५३ पुगेको छ। तीमध्ये हालसम्म १० लाख ९६ हजार ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् ।

विश्वमा २ करोड ९१ लाख १० हजार ९६८ जना संक्रमणमुक्त भएका छन् । अहिले विश्‍वभर सक्रिय संक्रमित ८५ लाख २० हजार ६८५ छन् । तीमध्ये ७० हजार ६५ जना गम्भीर छन् ।

सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा हालसम्म ८१ लाख ४८ हजारभन्दा धेरैमा कोरोना संक्रमण भइसकेको छ भने त्यहाँ २ लाख २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

त्यस्तै दोस्रो प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ७३ लाख ५ हजार नाघिसकेको छ भने १ लाख ११ हजार बढीको ज्यान गइसकेको छ । त्यस्तै ब्राजिलमा ५१ लाख ४१ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । त्यहाँ १ लाख ५१ हजारको ज्यान गइसकेको छ । एजेन्सी