logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा थपिए ६० हजार कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

भारतमा थप ६० हजारमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा ६० हजार ३६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ६४ लाख ४८ हजार ५४५ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ४ हजार ७४६ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख १२ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।