logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण


अंकुरण खबर
1.157K
Shares

भारतीय चर्चित गायक कुमार सानुलाई कोरोना संक्रमण भएको छ ।

६२ बर्षिय गायक सानुलाई कोरोना पोजेटिभ देखिएको उनी आफैले जानकारी दिएका हुन् । मिडिया रिपोर्टका अनुसार सानु संक्रमित भएपछि मुम्बईस्थित उनको घर सिल गरिएको छ ।

आफ्नो २० अक्टोबरको जन्मदिन मनाउन अमेरिका जाने तयारी गरेका सानु त्यस अगाडी नै कोरोना संक्रमित भएका छन् । सानुकी पत्नी र दुई छोरी अहिले अमेरिकामा रहेका छन् ।

कोरोना संक्रमित हुने बलिवुड सेलिब्रेटीमा सानु पछिल्लो सेलिब्रेटी हुन् । यस अघि अमिताभ बच्चन, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, कनिका कपुर अर्जुन कपुर, मलाइका अरोरा लगायतले कोरोना जितेर काममा फर्किसकेका छन् ।