न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले त्यहाँको आम निर्वाचनमा भारी विजय हासिल गरेकी छन् ।
आर्डेनको लेबर पार्टीले ४९ प्रतिशत भोट हासिल गरेको छ भने उनले बहुमतको विजय हात पार्ने निश्चित प्रायस् रहेको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
विपक्षी नेसनल पार्टीले अहिलेसम्म २७ प्रतिशत मत मात्र हासिल गरेको छ भने शनिबारको निर्वाचनमा पराजय स्वीकार गरिसकेको छ ।
सेप्टेम्बरमा हुने भनिएको निर्वाचन कोभिडका कारण एक महिना पछि सरेको हो । त्यहाँको समयअनुसार बिहान ९ बजे सुरु भएको निर्वाचन ७ बजे सकिएको हो ।