logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाबाट १ लाख १४ हजारको मृत्यु


अंकुरण खबर
1.417K
Shares

भारतमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १०३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १४ हजार ६४ पुगेको वल्डोमिर्टसले जनाएको हो ।

पछिल्लो २४ घण्टामा ६२ हजार ९२ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७४ लाख ९२ हजार ७२७ पुगेको वल्डोमिर्टसको तथ्याङकमा उल्लेख छ ।

हालसम्म संक्रमितमध्ये अहिलेसम्म ६५ लाख ९४ हजार ३९९ जना संक्रमणमुक्त भएका छन् । ७ लाख ८४ हजार २६४ जनाको उपचार भइरहेको छ ।