logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख १५ हजार नाघ्यो


अंकुरण खबर
1.326K
Shares

पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४९८ जना कोरोना संक्रमित थपिएका छन् ।

यो अवधिमा त्यहाँ ५९४ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ ।

तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन् ।

अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन् । तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन् ।