logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाकिस्तान जानका लागि भिसा लगाउनमा लाइनमा बसेका अफगानीबीच भागदौड १५ जनाको मृत्यु


अंकुरण खबर
1.716K
Shares

अफगानिस्तानस्थित पाकिस्तानी दूतावास नजिक भिसा लिनेहरूबीच भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ।

मंगलबार अफगानिस्तानको पूर्वी शहर जलालावादमा रहेको पाकिस्तानी दूतावास अगाडि भिसा लिन सयौं भेला भएका थिए। भेला भएका अफगानी नागरिहरूबीच भागदौड मच्चिएको थियो।

जसकारण कम्तीमा पनि १५ जनाले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनाएको छ।

प्रान्तीय अधिकारीहरूले रोयटर्सलाई बताएअनुसार तीन हजार अफगानी नागरिकहरू दूतावास अगाडिको मैदानमा भेला भएका थिए। उनीहरू भिसाको लागि आवेदन दिन टोकनको लागि पर्खिँदै थिए।‘भिसाको लागि आवेदन दिन आउनेहरू टोकन लिन पर्खिदै थिए तर भीड एक्कासी अनियन्त्रित भयो र भागदौड मच्चियो,’ एक अफगानी अधिकारीले भने।

त्यस भागदौडबाट जोगिएका फरमानुल्लाहले भीड अनियन्त्रित हुँदा भागदौड मच्चिएको बताए। मृत्यु हुनेमध्ये ११ जना महिलाहरू थिए। साथै दर्जनौं घाइते भएकाहरूमध्ये धेरैजसो बृद्ध छन्।

अफगानिस्तानबाट हजारौं नागरिक स्वास्थ्य उपचार, शिक्षा र रोजगारका लागि पाकिस्तान जाने गरेका छन्। एजेन्सी