विश्वमा एकैदिन ४ लाख बढीमा संक्रमण देखिएको छ ।
वल्डोमिटर्सको तथ्याङ अनुसार ४ लाख ३४ हजार २ सय ९ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्वमा कोरोना संक्रमितको संख्या ४ करोड १४ लाख ५९ हजार २ सय ७ पुगेको छ । त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ६ हजार ७ सय ९७ जनाको मृत्यु भएको छ ।
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६ सय ४५ पुगेको छ । त्यस्तै विश्वमा ३ करोड ८८ लाख ७ हजार ४ सय १८ पुगेको छ ।