logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ७७ लाखभन्दा बढीमा कोरोना संक्रमण, ६८ लाखभन्दा बढी निको


अंकुरण खबर
741
Shares

भारतमा कोरोना संक्रमितको संख्या ७७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ५६ हजार जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७७ लाख ५ हजार १५८ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६८ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

७ लाख १६ हजार ६०७ जनाको उपचार भइरहेको छ । भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख १६ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख १६ हजार ६५३ पुगेको छ ।