अभिनेता ऋतिक रोशनकी आमा पिन्की रोशनलाई कोरोना संक्रमण देखिएको छ ।
अहिले उनी होम-आइसोलेसनमा नै छिन् । डाक्टरका अनुसार उनको शरीरमा भाइरस अत्यधिक छ । अर्थात उनको रिपोर्ट चाँडै नेगेटिभ आउने सम्भावना छ ।
खबरका अनुसार पिन्कीको शरिरमा १५ दिनदेखि नै भाइरस थियो तर उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन । यसो हुनुको कारण उनको दैनिक योगा र एक्सर्साइजले गर्दा उनको शरीरलाई भाइरसले कमजोर बनाउन नसकेको हो ।
खण्डालास्थित फार्महाउसमा रहेका रोशन परिवारले परिवारका सदस्य र घरमा काम गर्ने कर्मचारीहरुको हरेक २०-२० दिनमा कोरोना परिक्षण गर्ने गरेका छन् । सोही परीक्षणका क्रममा पिन्की रोशनको रिर्पोट पोजेटिभ आएको हो ।
अब दोस्रो परीक्षण २३ अक्टोबर शुक्रकार (भोलि) गरिने पिन्कीले बताएकी छिन् । नवभारत टाइम्स