अन्तर्राष्ट्रियमनोरञ्जन

नाम फेरेर चर्चित बनेका यी बलिउड अभिनेत्री, पहिले के नामले चिनिन्थे ?

बलिउडमा कैयौं यस्ता अभिनेता छन् जो फिल्ममा आउनुभन्दा पहिला अर्कै नामले चिनिन्थे। अक्षय कुमारको असली नाम ओम भाटिया हो। टाइगर श्राफको नाम जय हेमन श्राफ तथा रजनीकान्तको नाम शिवाजी राव गायकवाड थियो।

केवल अभिनेता मात्र होइन, यस्ता कैयौं अभिनेत्री छन् जसले फिल्ममा कदम राख्नुभन्दा पहिला आफ्नो नाम परिवर्तन गरे। अब नाम फेरेर बलिउडमा चर्चा कमाएका केही अभिनेत्रीको बारेमा चर्चा गरौं।

कियारा आडवाणी : केही समय पहिला मात्र फिल्म क्षेत्रमा आफ्नो पहिचान बनाएकी हुन् किरायाले। उनको असली नाम आलिया आडवाणी थियो। उनले सलमान खानको सल्लाह अनुसार आफूले नाम बदलेको खुलासा उनले गरेकी छन्। आलिया भट्टसँग नाम जुधेकाले कियाराले नाम परिवर्तन गरेकी हुन्।

कटरिना कैफ : कटरिनाको असली नाम कटरिना टरकोटे हो। उनकी आमा सरनेम टरकोटे हुन् भने पिताको नाम मोहम्मद कैफ हो। जब कटरिना सानी थिइन्, त्यतिबेलै उनका आमा-बाबु छुट्टिएका थिए।

रेखा : सदाबहार नायिका रेखाको खास नाम भानुरेखा गणेशन हो। फिल्ममा प्रवेश गरेपछि उनले आफ्नो नाम परिवर्तन गरिन्। नाम परिवर्तन गरेपछि रेखाले फिल्म क्षेत्रमा सफलताको शिखर चुमिन्।

शिल्पा शेट्टी : शिल्पाको नाम पहिला अश्विनी शेट्टी थियो। पछि उनकी आमाले एक ज्योतिषीको आज्ञाअनुसार छोरीको नाम परिवर्तन गरेर शिल्पा शेट्टी राखिदिइन्।

मधुबाला : मधुवालाका बाबुको नाम अताउल्लाह र आमाको नाम आयशा बेगम थियो। जन्मिएको समयमा बाबुले मधुवालको नाम मुमताज जेहान देहलवी राखेका थिए। १९४२ मा मुमताजको पहिलो फिल्म ुबसंतु रिलिज भयो। उनको अभिनय देखेर त्यसबेलाकी चर्चित अभिनेत्री देविका रानीले उनको नाम परिवर्तन गर्ने सल्लाह दिइन् र नाम राखियो मधुबाला।

सनी लियोनी : सनीको खास नाम करणजित कौर बोहरा हो। जब उनी पोर्न इन्डस्ट्रीमा आइन्, तब उनले आफ्नो नाम परिवर्तन गरिन्। सनीले सरनेमको बारेमा बताएअनुसार जसरी पुरुषले नाम पछाडि सिंह जोड्छन् त्यसरी नै उनले आफ्नो नाम लियोनी राखिन्।

श्रीदेवी : कैयौं वर्ष भारतीय फिल्म क्षेत्रमा एकछत्र राज गरेकी अभनेत्री श्रीदेवीको जन्म हुँदा नाम राखियो, श्री अम्मा यंगर अयप्पन। फिल्म प्रवेश गरेपछि उनकी आमाले नाम परिवर्तन गरेर श्रीदेवी राखिदिइन्। एजेन्सी

Comment here