logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष लीको निधन


अंकुरण खबर
1.391K
Shares

सामसङ इलेक्ट्रोनिक्सका कम्पनीका अध्यक्ष ली कुन हीको निधन भएको छ ।

दक्षिण कोरियाली कम्पनी सामसुङ इलेक्ट्रोनिक्स अध्यक्ष ली कुन हीको आइतबार ७८ वर्षको उमेरमा निधन भएको हो ।

लीले बीमा र शिपिङ जस्ता क्षेत्रमा विविधता ल्याउनका लागि आफ्नो पिताको सानो व्यापारिक व्यवसायलाई एक आर्थिक पावरहाउसको रुपमा विकसित गर्न सहयोग गरेका थिए ।  लीको जीवनकालका क्रममा सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो टेक फर्म बन्यो ।

फोर्ब्सका अनुसार ली २१ बिलियन अमेरिकी डलरका साथ दक्षिण कोरियाको सबैभन्दा धनी व्यक्ति थिए । सन् १९४२ मा जन्मिएका लीले आफना बुवाको स्थानीय स्तरको व्यवसायलाई बढाउँदै विश्वकै प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनाउन सफल भएका थिए ।  एजेन्सी