पाकिस्तानको पेशावरस्थित एक मदरासामा भएको विष्फोटमा सात जना बालबालिकाको मृत्यु भएको छ ।
सत्तरी भन्दा धेरै घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तिमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
विष्फोटको कारण खुलेको छैन । स्थानीयले भने ग्यास सिलिन्डर विष्फोट भएको हुनसक्ने बताएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भैरहेको जनाएको छ । एजेन्सी