logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सेली सामान बहिस्कारको माग गर्दै बंगलादेशको ढाकामा प्रदर्शन


अंकुरण खबर
1.3K
Shares

फ्रान्समा बनेका सामान बहिस्कारको माग गर्दै बंगलादेशको राजधानी ढाकामा ४० हजार मानिस सडकमा ओर्लिएका छन्। प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोंको पुतलासमेत जलाएका छन्।

विरोध प्रदर्शन इस्लामी आन्दोलन बंगलादेश नामक इस्लामिक पार्टीले आयोजना गरेको हो। प्रदर्शनकारीहरुले फ्रान्सेली सामान बहिस्कार र राष्ट्रपति म्याक्रोंलाई सजाय दिनुपर्ने माग गरेका छन्।

यसैमहिनाको सुरुमा पैगम्बर मोहम्मदको कार्टुन देखाएको भन्दै फ्रान्समा एक शिक्षकको हत्या भएको थियो। त्यसपछि फ्रान्स इस्लामिक आतंकवादविरुद्ध अझ कडा रुपमा प्रस्तुत भएको छ। एजेन्सी