अमेरिकामा एक हप्तामा ५ लाख कोरोना संक्रमित थपिएका छन् ।
बितेको एक हप्ता यता त्यहाँ ५ हजार ६०० जनाको मृत्यु भएको छ । न्यूज एजेन्सी रोयटर्सले यो जानकारी दिएको हो ।
अमेरिकामा हालसम्म २ लाख ३२ हजार ८४ जनाको मृत्यु भएको छ भने ९० लाख ३८ हजार ३० जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्रान्समा दोश्रो लहरको कोरोनालाई मध्यनजर गर्दै बिहीवार रातीबाट एक महिनाको लागि लकडाउन गरिने बताइएको छ ।
आज राती राष्ट्रपति एमेनुएल म्याक्रोले राष्ट्रलाई सम्बोधन गर्नेछन् ।