logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भियतनाममा पहिरोमा परी १६ जनाको मृत्यु


अंकुरण खबर
780
Shares

भियतनामको क्वाङ नाम प्रदेशमा बुधबार राति गएको दुई छुट्टाछुट्टै पहिरोमा परी कम्तिमा १६ जनाको मृत्यु भएको छ । ३७ जनाभन्दा बढी बेपत्ता भएका छन ।

बुधवार दुई छुट्टै पहिरो पछि क्वाङ नाम प्रान्तमा दुई गाउँका मानिस बेपत्ता भएका हुन् ।

प्रधानमन्त्री गुएन सुआन फुकले पहिरो प्रभावितको उद्धारका लागि आवश्यक सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न निर्देशन दिएका छन् । बाढी र पहिरो प्रभावित क्षेत्रमा उद्दारका लागि सेना परिचालन गरिएको छ ।

भियतनाममा आएको यो बर्षको यो चौथो आँधी हो । आँधीपछि ३ लाख ७५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । सयौं उडान स्थगित भएका छन । विद्यालय र समुन्द्री तटहरु पनि बन्द गरिएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका अनुसार एक हप्ताको विचमा भियतनाममा बाढी पहिरोमा परेर १ सय ३० जनाको मृत्यु भैसकेको छ । दश हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । १२ लाख मानिस आँधीवाट प्रभावित भएका छन् । भियतनाममा जुन र नोभेम्बर महिनामा प्राकृतिक प्रकोपका कारण ठुलो जनधनको क्षति हुने गरेको छ । एजेन्सी