logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउथ अभिनेत्री काजल अग्रवालले गरिन् बिहे


अंकुरण खबर
650
Shares

बलिउड तथा दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री काजल अग्रवाल उद्यमी गौतम किचलुसँग विवाह बन्धनमा बाँधिएकी छिन् ।

यी दुईले मुम्बईको होटल ताज महलमा शुक्रवार बिहे गरेका हुन् । कोरोना भाइरस महामारीका कारण उनीहरुको बिहेमा धेरै व्यक्ति उपस्थित भएका थिएनन् ।

परिवार र नजिकका साथीहरू मात्र विवाहमा उपस्थित भएका थिए । काजल र गौतमको पहिलो तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ भने यो जोडीलाई फ्यानले बधाई दिएका छन् ।

यसअघि बिहीवार काजलले मेहन्दी सेरेमनीका केही तस्वीर शेयर गरेकी थिइन् । जसमा काजल नृत्य गर्दै रमाइलो गरिरहेकी थिइन् ।

काजलले आफूले बिहे गर्न लागेको खबर ६ अक्टोबरमा सामाजिक सञ्जालमार्फत दिएकी थिइन् । यसअघि उनले सामाजिक सञ्जालमार्फत बिहेको तयारीका तस्वीरहरु पनि शेयर गरेकी थिइन् ।