logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनमा जनगणना शुरु


अंकुरण खबर
715
Shares

विश्वको सबै भन्दा धेरै जनसंख्या रहेको चीनले एक दशकको जन गणना शुरु गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट थलिएर केही महिनाअघि मात्र उठेको चीनमा जनगणनाका लागि खटिएका गणकले मोवाइल एप्स प्रयोग गर्नेछन् । गणनाका लागि चीनले ७० लाख सामुदायिक कार्यकर्ता तथा स्वयंसेवक खटाएको छ ।

जनसंख्या संकलन गर्न २ वर्ष लाग्ने अनुमान गरिएको छ । जनसंख्या वृद्धि, स्वास्थ्य, पारवहन, श्रम र अन्य सेवाका लागि श्रोत छुट्याउन चीनमा दश-दश बर्षमा जनगणना हुने गर्दछ ।

सन् २०१० मा भएको जनगणना अनुसार चीनको जनसंख्या एक अर्ब ३३ करोड ९७ लाख २४ हजार ८ सय ५२ थियो । दश वर्षको अवधिमा सो संख्यामा ५ दशमलव ८३ प्रतिशत प्रतिशत वृद्दि भएको अनुमान गरिएको छ । वृद्धवृद्धाको संख्यामा वृद्धि र श्रम उमेरका जनशक्ति कम भएसंगै चारबर्ष यता चीनले एक सन्तानको नीति खारेज गरेको छ । एजेन्सी