logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लुएचओका महानिर्देशक टेड्रोस क्वारेन्टिनमा


अंकुरण खबर
936
Shares

विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रेयसिस क्वारेन्टिनमा बसेका छन् ।

आफूसँग सम्पर्कमा रहेका एक व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि उनी सेल्फ क्वारेन्टिनमा बसेक हुन् ।

आफू स्वस्थ रहेको र कुनै लक्षण नरहेको उनले ट्वीटमार्फत जानकारी दिएका छन् । उनले डब्लुएचओको स्वास्थ्य प्रोटोकल पालना गर्दै आफुले घरबाटै काम गर्ने बताएका छन् । एजेन्सी