भारतको रिपब्लिकन टिभीका प्रधान सम्पादक अर्णव गोस्वामीलाई प्रहरीले पक्राउ गरेको छ।
गोस्वामीले ५३ वर्षे एक इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोप छ। उनलाई मुम्बईबाट आज बिहान पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गोस्वामीले पक्राउ गर्दा प्रहरीले आफूलाई हातपात गरेको आरोप लगाएका छन्। रिपब्लिकन टिभीले गोस्वामीलाई भ्यानमा हाल्दै गरेको भिडियो चलाएको छ। आत्महत्याको घटना भने सन् २०१८ को हो ।
गत मे महिनामा महाराष्ट्रका गृहमन्त्री अनिल देशमुखले सो घटनाका विषयमा नयाँ अनुसन्धान सुरु भएको जानकारी दिएका थिए।
रिपब्लिकन टिभीले तिर्नुपर्ने पैसा नदिएका कारण आफ्ना पिता र हजुरआमाले आत्महत्या गरेको इन्टायर डिजाइनरकी छोरीले आरोप लगाएकी छन्।