अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन्।
ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् । उनले भने, ‘हामी चुनाव जित्ने तयारीमा छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।’
उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् ।
उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ ।’
तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मत गणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
।