अमेरिकामा एकैदिन एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
बुधबार अमेरिकामा एक लाख २ हजार ८ सय ३१ जनामा कोरोना देखिएको हो । अमेरिकामा कोरोनाको पहिलो केस देखिएयता पहिलो पल्ट एकैदिन ठुलो संख्यामा संक्रमति भेटिएका हुन ।
अमेरिकामा एक हजार ९७ जनाको कोरोनले मृत्यु भएको छ । यो हप्ता मात्रै अमेरिकामा ६ लाखभन्दा बढीमा संक्रमण देखिएको छ ।
पछिल्ला दिनहरुमा अमेरिकाका कन्सास, टेनिसी, भर्जिनिया, ओक्लाहोमा, मोन्टाना, आयोवा ओहायोलगायतका राज्यहरुमा कोरोना संक्रमण बढिरहेको छ ।
अमेरिकामा हालसम्म ९८ लाख २ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ८ सय नाघेको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ८१ लाख नाघेको छ । १२ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ । ३ करोड १९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन । एजेन्सी