अमेरिकामा एकै दिनमा रकेर्ड संख्यामा नयाँ कोरोनाभाइरस संक्रमित फेला पारेका छन् ।
बिहीबार थप १ लाख २० हजार ९ सय २१ जनामा संक्रमण पुष्टि भएको हो । महामारी सुरु भएयता एकै दिनमा यति धेरै संक्रमित फेला परेको पहिलो पटक हो ।
बुधबार मात्र अमेरिकामा १ लाख २ हजार ८ सय ३१ जनामा संक्रमित पुष्टि भएको थियो । पछिल्लो हप्ता अमेरिकामा कोरोना संक्रमणको दर दैनिक उच्च बन्दै गएको छ । अमेरिकामा हालसम्म संक्रमितको संख्या ९९ लाख १७ हजार ३२ पुगेको छ । त्यसमध्ये ६३ लाख ४० हजार ४ सय ३४ जना उपचारपछि निको भइसकेका छन् ।
सक्रिय संक्रमित हाल ३३ लाख ३५ हजार भन्दा बढी छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४१ हजार पुगेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ४७ हजार भन्दा बढीमा, फ्रान्समा ५८ हजार भन्दा बढीमा र रसियामा १९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छन् ।
विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ लाख ३९ हजार पुगेको छ । चार करोड ८९ लाख ९८ हजारमा संक्रमण पुष्टि भएको छ । एजेन्सी