logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ट्रम्पले अझै परिणाम स्वीकारेनन्, अदालती निर्णयपछि मात्र विषय टुंगिने भनाइ


अंकुरण खबर
832
Shares

अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचनमा पराजय अझै स्वीकार गरेका छैनन् । उनले जो बाइडेनको जितको घोषणालाई अनधिकृत भन्दै सञ्चारमाध्यमहरुले दिएका समाचार प्रक्षेपण मात्र भएको बताएका छन् ।

सन् २०१६ को निर्वाचनमा आफूलाई जिताएका राज्यमा बाइडेनले जितिसक्दा पनि ट्रम्पले भने निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन् । भर्जिनिया रिसोर्टमा गल्फ खेल्न पुगेका ट्रम्पले जो बाइडेन विजेताको रूपमा सञ्चारमाध्यमको घोषणा गलत भएको बताएका हुन् ।

उनले सञ्चारमाध्यमले सत्य बाहिर ल्याउन नचाहेको प्रतिक्रिया समेत दिएका छन् ।  उनले निर्वाचनको नतिजा सञ्चारमाध्यमको प्रक्षेपण भन्दै त्यसलाई निर्वाचन अधिकारीहरूले प्रमाणीकरण नगरेको पनि दावी गरेका छन् ।

ट्रम्पले सोमबारदेखि आफ्नो टोलीले अदालतमा मुद्दा हालेको र अदालती निर्णयपछि मात्र विषय टुंगिने पनि उल्लेख गरेका छन् । ट्रम्पले आशा गरेका पेन्सिल्भेनिया, विस्कन्सिन, मिचिगन, एरिजोना जस्ता राज्यमा बाइडेनले जितिसकेका छन् । निर्वाचन आयोगले अन्तिम परिणाम भने सार्वजनिक गरिसकेको छैन । एजेन्सी