logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोहनप्रितका साथ हनिमुन मनाउन दुबई पुगिन् नेहा


अंकुरण खबर
1.586K
Shares

हालै रोहनप्रित सिंहसँग विवाह गरेकी चर्चित गायिका नेहा कक्कड हनिमुन मनाउन दुबई पुगेकी छन् ।

उनले बिवाह पछि पहिलो करवाचौथ ब्रत समेत राखेकी थिइन् । हालै नेहाको विदेशको भिडियो सार्वजनिक भएको छ । उनले नै आफ्नो इस्टाग्राममार्फत होटलको भिडियो शेयर गरेकी हुन् । भिडियोमा सेतो र रातो कलरको फूलले दिल बनाइएको छ । कोठा पनि निकै रोमान्टिक तरिकारले सजाइएको छ ।

यस अगाडि नेहाको मुम्बई एयरपोर्टको भिडियो बाहिर आएको थियो । भिडियोमा नेहा कफि खाँदै गरेको अवस्थामा देखिएकी छन् । जहाँ नेहा निकै खुसी देखिएकी छन् । नेहाले रोहनप्रितसँग गत २४ अक्टुवरमा बिवाह गरेकी हुन् । उनको बिवाहको हरेक क्रियाकलापको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

नेहा र रोहनप्रित केही समय अगाडिदेखि एक अर्कोको डेटमा रमाउँदै आएका थिए । नेहाभन्दा रोहनप्रित ७ वर्षले कान्छा छन् । रोहनप्रितले २००७ को रियालटी शो ‘सा रे गा मा पा लिल च्याम्स’बाट करियर शुरुवात गरेका थिए । यसपछि रोहनप्रित २०१८ को ‘राइजिङ स्टार २’मा देखिएका थिए । एजेन्सी