logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आफैलाई पेस्तोल ताकेर सेल्फी लिँदा गोली निस्कियो, छातीमा लागेर मृत्यु


अंकुरण खबर
3.198K
Shares

भारतको ग्रेटर नोइडामा एक युवकले आफैलाई पेस्तोल ताकेर सेल्फी लिन खोज्दा ज्यान गएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार २२ वर्षीय सौरभ मावीले सेल्फी लिने क्रममा दुर्घटनाबस पेस्तोलको ट्रिगर तान्न पुगेका थिए र लोडेड पेस्तोलबाट गोली निस्केर उनको छातीमा लागेको थियो। प्रहरीका अनुसार मावी एक युवकका साथमा साथीको विवाहमा जाँदै थिए।

उनलाई तत्कालै अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको घटनास्थल वा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको आशंका गरिएको छ।

‘उनको गम्भीर चोट र त्यसपछि रक्तश्रावका कारण ज्यान गएको छ’, मावीलाई मृत घोषणा गरेको शारदा अस्पतालका अधिकारीको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ।

दुई दिनअघि मात्र मध्य प्रदेशमा एक महिला पहाडको डिलमा बसेर सेल्फी लिन खोज्दा लडेर ज्यान गएको थियो।