logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्लुएचओका महानिर्देशकले बाइडेनलाई बधाई दिँदै भने : ‘सँगै काम गर्न इच्छुक छु’


अंकुरण खबर
1.599K
Shares

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिएका छन।

उनले ट्वीट गरेर उनीहरुलाई बधाई ज्ञापन गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।

साथै उनले सो बधाईसँगै आफू पनि उहाँहरुसँग काम गर्न इच्छुक रहेको बताएका हुन। उनले ट्वीटमा भनेका छन– ‘अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु।’

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो।

महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गरेका छन। महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गरेका छन।

आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो । त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गरेका हुन।