logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

न्युजिल्याण्डमा साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा


अंकुरण खबर
1.326K
Shares

न्युजिल्याण्डमा नवगठित सरकारले साना व्यवसायीहरूका लागि विषेश राहत कार्यक्रमको घोषणा गरेको छ ।

लेबर पार्टीको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले साना व्यवसायीलाई बचाइ राख्न बलियो राहत कार्यक्रम घोषणा गरेको हो ।

सरकारले कोरोनाका कारण मर्कामा परेका साना व्यवसायीहरुलाई एक बर्षदेखि दुई बर्षसम्म व्याज मिनाहा सहुलियत दिने भएको हो । प्रधानमन्त्री जसिन्दा अर्डेनले साना व्यवसायीका लागि राहतको प्याकेजसँगै अघि दिदै आएका सहुलियतहरूको म्याद पनि थप गरिएको जानकारी दिइन् ।

यस वर्ष म्याद सकिन लागेका राहत तथा सहुलियतका कार्यक्रमहरु सन् २०२३ को डिसेम्बर ३१ सम्म जारी रहने उनले बताइन । कठिन समयमा व्यवसायीहरुलाई सरकारले पछाडिबाट धकेल्ने काम गर्नु नै महत्वपूर्ण हुने उनको भनाइ छ ।

न्युलिल्याण्डमा हालै भएको निर्वाचनपछि गठन भएको सरकारका मन्त्रीहरुले शुक्रबार सपथ ग्रहण गरेका थिए । नयाँ मन्त्रीपरिषदको सोमबार पहिलो बैठक बसेको हो । एजेन्सी