logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बालबालिकालाई दुर्व्यवहार गर्ने १४ जना अस्ट्रेलियन प्रहरीद्वारा पक्राउ


अंकुरण खबर
1.118K
Shares

अष्ट्रेलियन प्रहरीले बालबालिकामाथि दुर्व्यवहारमा संलग्न १४ जनालाई पक्राउ गरेको छ।

नियन्त्रणमा लिइएकाहरुले बालबालिकाहरुमाथि दुर्व्यवहार गर्नुका साथै दुर्व्यवहारलाई प्रोत्साहित गर्ने सामाग्री उत्पादन समेत गर्ने गरेका थिए। प्रहरीले ४६ जना बालबालिकाको उद्धार पनि गरेको छ।

अक्टोबरमा पनि प्रहरीले दुर्व्यवहार गर्ने ४४ जनालाई नियन्त्रणमा लिएको थियो। अस्ट्रेलियाभर गरिएको अनुसन्धानबाट हालसम्म करिब २०० जना बालबालिकालाई उद्धार गरिएको छ।

अष्ट्रेलियामा सुरु भएको अपरेसनबाट अमेरिकामा समेत ३ जनालाई पक्राउ गरिएको छ। यस्तै,  युरोप,क्यानडा,न्यूजिल्यान्ड र एसियाली राष्ट्रहरुमा समेत आरोपीहरु पहिचान भएका छन्।

पीडित बालबालिकाहरु १६ महिनादेखि १५ वर्षसम्मका रहेको प्रहरीले जनाएको छ।