चर्चित गायिका तथा नायिका जेनिफर लोपेजले आइतबार हुने अमेरिकन म्यूजिक अवार्ड (एएमए)मा विशेष प्रस्तुति दिने भएकी छन्। उनलाई प्रस्तुतिमा साथ अर्का गायक मलुमाले दिनेछन् ।
अवार्ड वितरण कार्यक्रममा जेनिफर र मलुमा दुवैले आफ्ना नयाँ गीत प्रस्तुत गर्ने जनाइएको छ। कार्यक्रममा जेनिफिरको छिट्टै रिलिज हुने क्रममा रहेको फिल्म ‘म्यारी मी’मा समावेश ‘पा’टी’ र ‘लन्ली’ गीतमा दुवै जनाले प्रस्तुति दिनेछन्।
यस वर्ष ल्याटिन संगीतमा जेनिफर र मालुमाले गीत निकै चर्चामा रहेका थिए। उनीहरूको गीतलाई ल्याटिन संगीतप्रेमीले रूचाएकै कारण अमेरिकन म्यूजिक अवार्डमा उनीहरूको विशेष प्रस्तुति राखिएको जनाइएको छ।
अमेरिकन म्यूजिक अवार्डमा ल्याटिन र हिप-हप दुवै विधालाई समेटिएको हुँदा जोनिफर र मलुमाको प्रस्तुतिले कार्यक्रमलाई झन् उचाई प्रदान गर्ने विश्वास गरिएको छ।
जनिफरले यसअघि पनि अमेरिकन म्यूजिक अवार्डमा प्रस्तुति दिइसकेकी छन् भने मलुमाका आइतका दिने प्रस्तुति एएमएमा डेब्यू हुने छ। जेनिफरले सन् २०१५ को एएमए कार्यक्रम सञ्चालन गरेकी थिइन् भने २०१८ मा उनले प्रस्तुतिसमेत दिएकी थिइन्। एजेन्सी