म्यानमारको सत्तारुढ नेसनल लिग फर डेमोक्रेसीले फेरि सरकार गठनको म्यान्डेड पाएको छ ।
गत आइतबार सम्पन्न निर्वाचनको जारी मतगणनामा आङ साङ सुचीको पार्टी नेसनल लिग फर डेमोक्रेसीले तीन सय ४६ सिट हासिल गरिसकेको छ ।
म्यान्मारमा सरकार गठनका लागि तीन सय २२ सिट आवश्यकता पर्छ । ५० भन्दा बढी सिटको मतगणना बाँकी रहँदै स्पष्ट बहुमत पाइसकेका कारण नेसनल लिग फर डेमोक्रेसीले म्यान्मारमा फेरि सरकार गठन गर्ने बीबीसीले जनाएको छ ।
म्यान्मारका विपक्षी दलहरुले सैन्य समर्थन प्राप्त सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् । तर, उनीहरुले धाँधलीको प्रमाण दिन सकेका छैनन् ।