logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७ औं पटक बिहारको मुख्यमन्त्री बने नीतीशकुमार


अंकुरण खबर
1.183K
Shares

जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् । राष्ट्रिय जनतान्त्रिक गठबन्धन ९एनडीए०को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी  सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो ।

नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् । उनको सपथसँगै क्याबिनेटमा १४ जनालाई मन्त्री बनाइएको छ ।

यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल ९राजद० का नेता तेजस्वी यादव सहभागी नभएको समाचारमा जनाइएको छ ।  एजेन्सी