logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोस्रो लहरको संक्रमण तीब्र, खोपले मात्रै महामारी नियन्त्रण नहुँने डब्ल्युएचओको भनाइ


अंकुरण खबर
741
Shares

संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् ।

संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ९१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

नयाँ संक्रमित थपिएसँगै विश्वभरका ५ लाख ५३ हजारभन्दा बढी मानिसमा संक्रमण भएको छ ।

संक्रमितमध्ये १३ लाख ३१ हजार ६४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ ।

अहिलेसम्म ३ करोड ८४ लाख ६३ हजार ९८२ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले सबैभन्दा बढी अमेरिकामा असर देखिएको छ । त्यहाँ १ करोड १५ लाखभन्दा बढीमा संक्रमण भइसकेको छ । अमेरिकामा मात्रै २ लाख ५२ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यस्तै भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण भएको छ । भारत विश्वमा धेरै संक्रमित हुने देशको सूचीमा दोस्रो स्थानमा छ । यस्तै धेरै संक्रमित भएको मुलुकको सूचीमा ब्राजिल, फ्रान्स, रसिया, स्पेन क्रमश तेस्रो, चौथो, पाँचौँ र छैठौँ स्थानमा छन् ।

खोपले मात्रै पुग्दैन

विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ०ले जनाएको छ ।

डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा  स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसङ्ख्या रहनुपर्ने बताए ।

यसबाट सङ्क्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।