logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

११ वर्षकी प्रेमिकालाई लिएर घरबाट भागे १४ वर्षका किशोर, गरे १९०० किमि यात्रा


अंकुरण खबर
1.183K
Shares

एक १४ वर्षका किशोरले आफ्नी ११ वर्षीया प्रेमिकालाई पिताको मिनिभ्यान चोरेर घरबाट भागेका छन् । यी दुई घरभन्दा १९ सय किलोमिटर पर भेटिए ।

१४ वर्षका केभिन फिगिउरोसलाई अत्यधिक गतीमा गाडी चलाएको भनेर प्रहरीले पक्राउ गरेको छ । उनलाई घरबाट निस्किएको तीन दिनपछि प्रहरीले भेटेको हो ।

इन्डिपेन्डेन्टमा प्रकाशित समाचार अनुसार ती किशोर र अमाया अर्ग्यूलिस अमेरिकाको ब्रुकलिनमा रहेको आफ्नो घरबाट बिहिबारदेखि हराएका थिए । यी दुईलाई प्रहरीले आइतबार आयोवामा भेटेका हुन् । अब यी दुईलाई न्यूयोर्क लैजाने तयारी गरिँदैछ ।

प्रहरीका अनुसार ती किशोरले १५० किमी प्रति घण्टाको गतीमा कार चलाएका थिए जबकि उक्त सडकमा अधिकतम गती १०४ किमि प्रति घण्टा थियो ।

ती किशोर घरबाट किन भागे भन्ने कुराको कुनै स्पष्ट जानकारी भने छैन । एजेन्सी